३ चैत्र २०८१, सोमबार । March 17, 2025

टी–२० महिला विश्वकपः अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा



एजेन्सी । युएईमा जारी आईसीसी टी–२० महिला विश्वकप अन्तर्गत बिहीबार राति भएको खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको छ ।

अस्ट्रेलियाले दिएको १ सय ३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले २ विकेट गुमाउँदै १८ औं ओभरमा दोस्रो बलमा पुरा गर्यो । कप्तान लाउरा उल्भराड तथा अनाके बोस्कले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरे । उमन अफ द म्याच घोषित बोस्कले अविजित रहँदै ४८ बलमा ७४ रन जोडिन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५ विकेटको क्षतिमा १ सय ३४ रनको योगफल खडा गरेको थियो । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाका लागि बेथ मोनीले ४२ बलमा ४४ र एलाइस पेरीले २३ बलमा ३१ रन जोडे । कसिलो बलिङ गरेका दक्षिण अफ्रिकाका कारिजेन काप तथा आयाकबोङवा खाकाले ४ ओभरमा २४ रन मात्र खर्चिए ।

खाकाले २ तथा कापले १ विकेट लिए ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति