९ चैत्र २०८२, सोमबार । March 23, 2026

उकालो यात्रामा नेप्से, आज ४३ अंकले बढ्यो


३० आश्विन २०८१, बुधबार  

261
Shares

काठमाडौं । दशैंपछिको दोस्रो कारोबाको दिन (बुधबार) पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।

मंगलबार ३१ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ४३ दशमलव २२ अङ्कले बढेर दुई हजार सात सय ४२ दशमलव ८८ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज विजय लघुवित्त र इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज कारोबार रकम पनि बढेको छ । हिजो तीन अर्ब ६ करोडको कारोबार भएकोमा आज तीन सय २० वटा कम्पनीका एक करोड ३२ लाख कित्ता शेयर पाँच अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएका छन् ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्स र हिमालयन रिइन्सुरेन्स कम्पनीको समान १५ अर्ब रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ३ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali