९ कार्तिक २०८३, सोमबार । October 26, 2026

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?


३० आश्विन २०८१, बुधबार  

6k
Shares

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि गत साउन १८ गते सुनको मूल्य १ लाख ६१ हजार ३ सय रुपैयाँ कायम थियो । सो मूल्यको रेकर्डलाई पनि तोड्दै बुधवार आएर सुनको मूल्य १ लाख ६२ हजार नजिक पुगेको हो ।

मंगलबार भने सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ कायम थियो ।यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३८ हजार ७२० रुपैयाँ कायम हुँदा चाँदीको मूल्य पनि बढेको छ ।

महासंघका अनुसार मंगलबार तोलामा १ हजार ९ सय २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार बढेर १ हजार ९ सय ५० रुपैयाँ कायम भएको हो ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ११ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा