६ फाल्गुन २०८१, मंगलबार । February 18, 2025

बडादशैंः टीका र जमरा लगाउने आज अन्तिम दिन



रासस । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो।

सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईले जानकारी दिए। यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज दिन हो। मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन्।

आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो। रासस

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ८ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

२६ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक बर्षको माघ मसान्तसम्म नेपालको सार्वजनिक ऋण

१२ दशमलव ६८ अंकले बढ्यो नेप्से, कारोबार रकम समेत बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक

आगामी वर्षका लागि १९ खर्ब बजेट ‘सिलिङ’

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट १९ खर्बको

क्यानडाको टोरन्टो विमानस्थलमा विमान दुर्घटना, ३ जनाको अवस्था गम्भिर

एजेन्सी । क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ ।

पुनः उकालो लाग्यो अमेरिकी डलरको भाउ, अन्य मुद्राको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः