८ चैत्र २०८२, आइतबार । March 22, 2026

महिला टी–२० विश्वकपः सेमिफाइनल समिकरण पुरा, इङ्ग्ल्यान्डमाथि वेस्ट इन्डिजको शानदार जित


३० आश्विन २०८१, बुधबार  

561
Shares

एजेन्सी । यूएईमा जारी आईसिसी महिला टी–२० विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ।

गयराति समूह ‘बी’ अन्तर्गत भएको खेलमा इङ्ग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै वेस्ट इन्डिज समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको इङ्ग्ल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो।

१ सय ४२ रनको लक्ष्यसहित मैदान उत्रेको वेस्ट इन्डिजले १२ बल बाँकी छदै ४ विकेटको क्षतिमा जित हात हासिल गर्यो। समूह ‘बी’ बाट साउथ अफ्रिका समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ भने समूह ‘ए’ बाट अस्ट्रेलिया र न्यूजिल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ। अब पहिलो सेमिफाइनल बिहीवार र दोस्रो सेमिफाइनल शुक्रवार हुनेछ।

पहिलो सेमिफाइनलमा अस्ट्रेलिया र साउथ अफ्रिका भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा न्यूजिल्यान्ड र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ८ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो