१३ फाल्गुन २०८२, बुधबार । February 26, 2026

महिला टी–२० विश्वकपः अस्ट्रेलिया सेमिफाइनलमा, भारतको सेमिफाइनल यात्रा कठिन



एजेन्सी । यूएईमा जारी आईसीसी महिला टी–२० विश्वकपको महत्वपूर्ण खेलमा अष्ट्रेलियाले भारतलाई ९ रनले पराजित गरेको छ ।

भारतलाई पराजित गरेसँगै अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाले लगातार नवौं पटक सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा १ सय ५१ रन बनाएको थियो । जवाफमा भारतीय टोलीले २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्रै बनाउन सक्यो ।

रोमाञ्चक खेलमा भारतीय कप्तान हरमनप्रीत कौरले ५४ रन बनाए पनि टोलीलाई जीत दिलाउन सकिनन् । शफाली वर्माले २० र दीप्ती शर्माले २९ रनको योगदान दिइन् ।यसअघि अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । अष्ट्रेलियाका लागि ग्रेस ह्यारिसले सर्वाधिक ४० रन बनाइन् ।

तालिया म्याकग्रा र एलिस पेरीले ३२–३२ रनको योगदान दिइन् । भारतका लागि रेणुका सिंह र दीप्ती शर्माले २–२ विकेट लिइन् । हारसँगै भारतको सेमिफाइनल यात्र कठिन बनेको छ । आज न्युजिल्यान्ड र पाकिस्तानबीच खेल हुँदैछ ।

न्युजिल्याण्डले जिते सेमिफाइनल पुग्ने छ । अर्थात् सेमिफाइनल पुग्न भारतले न्युजिल्यान्डको हार पर्खनु पर्ने छ ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ७ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा