११ बैशाख २०८३, शुक्रबार । April 24, 2026

महिला टी–२० विश्वकपः बंगलादेशमाथि वेस्ट इन्डिजको शानदार जित


२५ आश्विन २०८१, शुक्रबार  

135
Shares

एजेन्सी । यूएईमा जारी आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत गएराति भएको खेलमा वेस्ट इन्डिजमाथि बंगलादेशले शानदार जित निकालेको छ ।

समूह बी अन्तर्गतको खेलमा वेस्ट इन्डिजले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो । बंगलादेशले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य वेस्ट इन्डिजले मात्र २ विकेटको क्षतिमा १२ दशमलव ५ ओभरमा पुरा गरेको थियो । वेस्ट इन्डिजका लागि कप्तान हेलि म्याथ्यूजले सर्वाधिक ३४ रन जोडेकी थिइन् ।

स्टेफानी टेलरले २७ रन जोडिन भने सिमेइन क्याम्पबेल २१ तथा ड्रिन्डा डोटिनले १९ रनको योगदान दिएकी थिइन् । बंगलादेशका लागि नाहिद अक्तेर र मारुफाले समान १–१ विकेट लिएका थिए । यो जितसँगै राम्रो रन रेटका आधारमा वेस्ट इन्डिज समूह बी को शिर्ष स्थानमा उक्लिएको छ ।

३ खेलबाट वेस्ट इन्डिजले ४ अंक जोडेको छ भने बंगलादेश २ अंकमा सिमित छ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ६ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म