२१ मंसिर २०८२, शनिबार । December 6, 2025

महिला टी–२० विश्वकपः बंगलादेशमाथि वेस्ट इन्डिजको शानदार जित



एजेन्सी । यूएईमा जारी आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत गएराति भएको खेलमा वेस्ट इन्डिजमाथि बंगलादेशले शानदार जित निकालेको छ ।

समूह बी अन्तर्गतको खेलमा वेस्ट इन्डिजले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो । बंगलादेशले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य वेस्ट इन्डिजले मात्र २ विकेटको क्षतिमा १२ दशमलव ५ ओभरमा पुरा गरेको थियो । वेस्ट इन्डिजका लागि कप्तान हेलि म्याथ्यूजले सर्वाधिक ३४ रन जोडेकी थिइन् ।

स्टेफानी टेलरले २७ रन जोडिन भने सिमेइन क्याम्पबेल २१ तथा ड्रिन्डा डोटिनले १९ रनको योगदान दिएकी थिइन् । बंगलादेशका लागि नाहिद अक्तेर र मारुफाले समान १–१ विकेट लिएका थिए । यो जितसँगै राम्रो रन रेटका आधारमा वेस्ट इन्डिज समूह बी को शिर्ष स्थानमा उक्लिएको छ ।

३ खेलबाट वेस्ट इन्डिजले ४ अंक जोडेको छ भने बंगलादेश २ अंकमा सिमित छ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ६ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको