२१ मंसिर २०८२, शनिबार । December 6, 2025

महिला टी–२० विश्वकपः श्रीलंकामाथि भारतको शानदार जित, सेमिफाइनल पुग्ने आशा कायमै



एजेन्सी । यूएईमा जारी महिला टी–२० विश्वकप अन्तर्गत बुधबार राति भएको खेलमा भारतले श्रीलंकालाई ८२ रनले पराजित गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । भारतले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले १९ दशमलव ५ ओभरमा ९० रन बनाएर अलआउट हुन पुग्यो ।

श्रीलंकाका लागि कविशा दिल्हारीले सर्वाधिक २१ रन जोडेकी थिइन् । अनुष्का संजिवनीले २० रन र अमा कञ्चनले १९ रनको योगदान दिएकी थिइन् । श्रीलंकाका लागि यी ३ खेलाडीले बाहेक अरु कसैले दोहोरो अंक जोड्न सकेनन् । भारतका लागि अरुन्धती रेड्डी र आशा शोभनाले समान ३–३ विकेट लिए ।

यस्तै रेणु सिंहले २ विकेट, दीप्ती शर्मा र श्रेयंका पाटिलले समान १–१ विकेट लिए । यो जितसँगै भारतको सेमिफाइनल पुग्ने आशा कायमै रहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ७ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको