५ चैत्र २०८१, बुधबार । March 19, 2025

काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु



काठमाडौं । आजबाट फेरी काठमाडौंमा मेलम्ची खानेपानी आयोजनको पानी वितरण सुरु गरिएको छ ।

काठमाडौंको सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रबाट खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार पानी वितरण सुरू गरेका हुन् । पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का विभिन्न वितरण शाखामा पानी पठाइएको छ भने त्यहाँबाट पानी वितरण सुरु भएको छ ।

खानेपानीमन्त्री यादव मेलम्ची संघर्ष समितिसँग वार्ता गर्न सोमबार मेलम्ची पुगेका थिए । सोमबार राति भएको वार्तामा सहमति भएपछि मंगलबार मेलम्चीको उपत्यकामा वितरण सुरु गरिएको हो ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ । वर्षा सुरु भएपछि १० असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ५ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर