२७ बैशाख २०८२, शनिबार । May 10, 2025

तेस्रो अभ्यास खेलमा नेपाल विजयी, करण र कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शन



काठमाडौं । करण केसी र कुशल भुर्तेलको उत्कृष्ट ब्याटिङले क्यानडाको हाइप्रोफोमेन्स (एचपी) विरुद्धको तेस्रो अभ्यास खेलमा नेपाललाई जित दिलाएको छ ।

खेलमा तीव्र गतिका बलर करण केसीको पाँच विकेट लिएका थिए भने कुशल भुर्तेलले अर्धशतक बनाएका थिए । केसी र भुर्तेललको उत्कृष्ठ प्रदर्शनकै कारण नेपालले क्यानडाको हाइप्रोफोमेन्स (एचपी) लाई १० रनले हराउन सफल भएको थियो । यो जितसँगै तीन खेलको अभ्यास खेल नेपालले २–१ ले जितेको छ ।

नेपालले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको क्यानडा ४४ दशमलव ५ ओभरमा १ सय ७७ रनमा अल आउट भयो । क्यानडाका अली नदिमले १ सय १६ बलमा ७ चौका र ३ छक्कासहित ८५ रनको योगदान दिए । नेपालका करण केसीले ९ दशमलव ५ ओभरमा ५५ रन खर्चेर ५ विकेट लिए ।

सागर ढकालले २, आरिफ शेख, रिजन ढकाल र ललितनारायण राजवंशीले १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४८ दशमलव ३ ओभरमा १ सय ८७ रनमा अल आउट भयो ।

नेपालका कुशल भुर्तेलले तल्लोक्रममा ७० बलमा ५ चौकासहित सर्वाधिक ५२ रन बनाए ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ८ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप