४ बैशाख २०८२, बिहिबार । April 17, 2025

बङ्गलादेशविरुद्धको पहिलो टी–२० खेलमा भारत विजयी



एजेन्सी । बङ्गलादेशविरुद्धको पहिलो टी–२० खेलमा भारतले जित हात पारेको छ।

आइतबार राति भारतको ग्वालियरमा भएको तीन खेलको सिरिज अन्तर्गतको पहिलो खेलमा भारतले बङ्गलादेशलाई ७ विकेटले पराजित गरेको हो। टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बङ्गलादेशले निर्धारित ओभरमा सबै विकेट गुमाएर १ सय २७ रन बनायो। १ सय २८ रनको लक्ष्यसहित मैदान उत्रेको भारतीय टीमले जम्मा ३ विकेट गुमाएर ११ दशमलव ५ ओभरमै जित हात पार्यो।

बङ्गलादेशका लागि भने हसन मिराजले सर्वाधिक ३५ रन बनाए भने अन्य कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। भारतका लागि हार्दिक पाण्ड्याले नट आउट रहँदै सर्वाधिक ३९ रन जोडे भने सञ्जू सैमसन र सूर्य कुमार यादवले समान २९–२९ रन बनाए।

बङ्गलादेशलाई सस्तोमै समेट्न भारतका अर्शदीप सिंह र वरुण चक्रवर्तीले समाान तीन–तीन विकेट लिए।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ७ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शिक्षक समुदायलाई परीक्षा बोर्डको अपिल-कक्षा १० परीक्षण र कक्षा १२ व्यवस्थापनमा सहयोग गरौं

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले हालै सम्पन्न कक्षा १० को

अमेरिकाबाट डिपोर्ट, भुटानबाट भगौडा, नेपालमा थुनामा-सर्वोच्चले भन्यो: निकाला नगर !

काठमाडौँ । थुनामा रहेका चार भुटानी नागरिकलाई तत्काल देश निकाला

“हेर्दाहेर्दैमा” राखियो बहुचर्चित मुद्दा: पूर्वप्रधानमन्त्रीहरू अब जोगिन सक्लान् ?

काठमाडौं । ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार

पत्रकार नवराज कुँवर ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित

काठमाडौं । पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका शिलापत्र डटकमका

वैशाख ७ मा राप्रपाको राप! लिङ्देन भन्छन् – निषेधित क्षेत्रमै हुन्छ निर्णायक लडाइँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख