२३ माघ २०८२, बिहिबार । February 5, 2026

बङ्गलादेशविरुद्धको पहिलो टी–२० खेलमा भारत विजयी



एजेन्सी । बङ्गलादेशविरुद्धको पहिलो टी–२० खेलमा भारतले जित हात पारेको छ।

आइतबार राति भारतको ग्वालियरमा भएको तीन खेलको सिरिज अन्तर्गतको पहिलो खेलमा भारतले बङ्गलादेशलाई ७ विकेटले पराजित गरेको हो। टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बङ्गलादेशले निर्धारित ओभरमा सबै विकेट गुमाएर १ सय २७ रन बनायो। १ सय २८ रनको लक्ष्यसहित मैदान उत्रेको भारतीय टीमले जम्मा ३ विकेट गुमाएर ११ दशमलव ५ ओभरमै जित हात पार्यो।

बङ्गलादेशका लागि भने हसन मिराजले सर्वाधिक ३५ रन बनाए भने अन्य कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। भारतका लागि हार्दिक पाण्ड्याले नट आउट रहँदै सर्वाधिक ३९ रन जोडे भने सञ्जू सैमसन र सूर्य कुमार यादवले समान २९–२९ रन बनाए।

बङ्गलादेशलाई सस्तोमै समेट्न भारतका अर्शदीप सिंह र वरुण चक्रवर्तीले समाान तीन–तीन विकेट लिए।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ७ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल