१७ जेष्ठ २०८३, आइतबार । June 1, 2026

आइतबार उच्च अंकले बढ्यो नेप्से, ६ अर्ब १३ करोड रुपैयाँको कारोबार


२० आश्विन २०८१, आइतबार  

39
Shares

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ ।

आज नेप्से ५६ दशमलव शून्य नौ अङ्कले बढेर दुई हजार ६ सय ५३ दशमलव ५८ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज न्यादी हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै मध्य भोटेकोशी जलविद्युत्, इस्टर्न हाइड्रोपावर र गुडविल फाइनान्स कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज तीन सय आठ वटा कम्पनीका एक करोड ५० लाख कित्ता शेयर ६ अर्ब १३ करोड रुपैयाँमा कारोबार भएका छन् ।

आज सबैभन्दा धेरै साहज ऊर्जा कम्पनीको ६३ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ३ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था