काठमाडौं । आइसीसी लिग–२ अन्तर्गतका खेल र त्यसपछि त्रिकोणात्मक टि–२० सिरिजमा पनि राम्रो प्रदर्शन गर्न नसकेको नेपालको खराब प्रदर्शनको यात्रा रोकिएको छैन् ।
शुक्रबार राति क्यानडाको दोस्रो रोजाईको टोलीसँग एकदिवसीय सिरिज खेलेको नेपालले पहिलो खेलमै हार व्यहोर्नुपरेको छ । उक्त खेलमा पनि नेपाल ब्याटिङ चल्न सकेन। हाइ प्रफर्मेन्सविरुद्ध नेपाल ३६ ओभर ५ बलमा १ सय ४३ रनमा समेटिन पुगेको छ ।
अनिलकुमार शाहले ३४, अर्जुन साउद ३३, आरिफ शेख २३ र कुशल भुर्तेलले २५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। ७४ रनमा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि भने क्रमशः विकेट गुमाउँदै गयो। हाइ प्रफर्मेन्सका शाहिद अहमादजाई एक्लैले ५ विकेट लिए।
जवाफी ब्याटिङ गरेको हाइ प्रफर्मेन्सले ३९ ओभरमा ४ बलमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो।
प्रतिक्रिया