९ चैत्र २०८२, सोमबार । March 24, 2026

एभरेष्ट महिला भलिबल लिगः फाईनलमा कर्णाली यश्विस र ललितपुर क्विन्सबीच महाभिडन्त


१९ आश्विन २०८१, शनिबार  

2.2k
Shares

काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फाइनलमा कार्णली यश्विस र ललितपुर क्विन्सको भिडन्त हुने भएको छ ।

शुक्रबार दशरथ रंगशाला कभर्डहलमा भएको लिग चरणको अन्तिम खेलमा कर्णालीले काठमाडौं स्पाईकर्सलाई ३–१ को सेटमा पराजित गरेपछि कर्णालीले फाइनल यात्रा तय गरेको थियो । यस्तै शुक्रबार नै भएको अर्को खेलमा ललितपुरलृ चितवन शक्तिलाई पराजित गरेर फाइनलको यात्रा तय गरेको थियो ।

खेलको पहिलो सेटमा कर्णालीले सुरुवाती अग्रता लिएपनि काठमाडौंले सानदार पुनरागमन गर्दै पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि भने कर्णालीले लगातार तीन सेट जित्दै खेल जितेको थियो । दोस्रो सेट २५–१४ ले सहजै आफ्नो पक्षमा पारेको कर्णालीलाई तेस्रो सेटमा काठमाडौंले चुनौती दिएपनि २५–२३ ले आफ्नो पक्षमा पार्दै २–१ को अग्रता बनाएको थियो ।

काठमाडौंलाई फाईनल पुग्न कम्तीमा पनि कर्णाली विरुद्ध २ सेट जित्नुपर्ने अवस्था थियो तर चौथो सेट कर्णालीले एकपक्षिय रुपमा २५–१२ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो । कर्णाली लिग चरणका सबै ५ खेलमा जित हासिल गर्दै फाइनल पुग्ने टोली हो । ५ खेलबाट १३ अंक जोडेर कर्णाली शीर्ष स्थानमा रह्यो ।

काठमाडौं हारेपछि ललितपुर क्विन्स १० अंभसहित दोस्रो हुँदै फाईनल पुग्यो । ३ जित र २ हार व्यहोरेको काठमाडौं ९ अंक जोडेर तेस्रो हुँदै फाईनल होडबाट बाहिरियो ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ७ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali