२३ माघ २०८१, बुधबार । February 5, 2025

टी–२० विश्वकप महिलाः श्रीलंकामाथि पाकिस्तानको रोमाञ्चक जित



काठमाडौं । ९औँ संस्करणको महिला टी–२० विश्वकप अन्तर्गत गएराति सम्पन्न खेलमा पाकिस्तानले विजयी सुरुवात गरेको छ ।

शारजाहमा भएका खेलमा पाकिस्तानले श्रीलंकालाई पराजित गरेर राम्रो सुरुवात गरेको हो । गएराति भएको दोस्रो खेलमा पाकिस्तानले श्रीलंकामाथि ३१ रनको जित हासिल गर्‍यो पाकिस्तानले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८५ रन मात्र बनाउँन सक्यो।

श्रीलंकाका लागि निलकेशिका सिल्भाले २५ बलमा सर्वाधिक २२, बिश्मी गुणारत्नेले ३४ बलमा २० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन्। पाकिस्तानका लागि सदिया इकवालले ३, फतिमा साना, नर्शा सन्धु र ओमामी सोहिलले समान २ विकेट लिईन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा अल आउट हुदै १ सय १६ रन बनायो। पाकिस्तानका लागि कप्तान फतिमा सानाले २० बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३० रन जोडिन्। निदा दरले २२ बलमा २३, ओमिमा सोहेलले १८ तथा ओपनर मुनिबा अलिले ११ रन बनाईन्।

श्रीलंकाका लागि उडिशिका प्रबोदनी, कप्तान चमारी अथापाथु सुगन्धिका कुमारीले समान ३ तथा कबिशा दिल्हारीले १ विकेट लिईन्। समूह ए मा पहिलो जितका साथ पाकिस्तान शीर्ष स्थानमा छ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ७ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सामान्य अंकले घट्यो नेप्से, ८ अर्ब ९५ करोड बराबरको कारोबार

काठमाडौं । साताको चोथौ कारोबारको दिन बुधबार सेयर बजार परिसूचक

त्रिकोणात्मक टी-२० सिरिजः नेपालको लगातार पाँचौ हार, नेदरल्यान्ड् १० विकेटले विजयी

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय सिरिजमा नेपालले लगातार

त्रिदेशीय महिला टी-२० सिरिजः नेपालले नेदरल्यान्डसलाई दियो १ सय ४६ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय महिला टी-२० सिरिज अन्तर्गत जारी खेलमा नेपालले

मुर्ति सेलाउन गएका २२ बर्षीय युवकको नदीमा डुबेर मृत्यु

रौतहट । रौतहट जिल्लाको राजदेवी नपा वडा नं ७ निवासी

त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी महिला त्रिकोणात्मक टी–२० क्रिकेट