२१ मंसिर २०८२, शनिबार । December 6, 2025

वर्डफ्लुका कारण भियतनामको चिडियाखानामा ४७ वटा बाघ मरे



एजेन्सी । ‘एच–फाइभ–एन–वान’ वर्डफ्लु भाइरस सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ वटा बाघ मरेका छन् ।

वर्डफ्लुका कारण ४७ वटा बाघ, ३ वटा सिंह र एक प्यान्थर मरेका सरकारी मिडियाले जनाएको समाचार संस्था एएफपीले जनाएको छ । भियतनाम समाचार एजेन्सी (भीएनए) का अनुसार अगस्ट र सेप्टेम्बरमा लङ एन प्रान्तमा रहेको निजी माई क्विन्ह सफारी पार्क र डोङ नाइमा रहेको भुओन जोई चिडियाखानामा जनावरहरू मरेका हुन् ।

‘नेशनल सेन्टर फर एनिमल हेल्थ डायग्नोसिस’ को परीक्षणको नतिजाअनुसार जनावरहरूको मृत्यु ‘एच–फाइभ–एन–वान’ टाइप–ए भाइरसको सङ्क्रमणबाट भएको पत्ता लागेको खबरमा उल्लेख छ ।

वन्यजन्तु संरक्षणमा केन्द्रित गैरसरकारी संस्था ‘एजुकेशन फर नेचर भियतनाम (ईएनभी)’ ले सन् २०२३ को अन्त्यमा भियतनाममा ३ सय ८५ वटा बाघ बन्दी अवस्थामा रहेका बताएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ८ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको