८ आश्विन २०८३, बिहिबार । September 24, 2026

वर्डफ्लुका कारण भियतनामको चिडियाखानामा ४७ वटा बाघ मरे


१७ आश्विन २०८१, बिहिबार  

9
Shares

एजेन्सी । ‘एच–फाइभ–एन–वान’ वर्डफ्लु भाइरस सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ वटा बाघ मरेका छन् ।

वर्डफ्लुका कारण ४७ वटा बाघ, ३ वटा सिंह र एक प्यान्थर मरेका सरकारी मिडियाले जनाएको समाचार संस्था एएफपीले जनाएको छ । भियतनाम समाचार एजेन्सी (भीएनए) का अनुसार अगस्ट र सेप्टेम्बरमा लङ एन प्रान्तमा रहेको निजी माई क्विन्ह सफारी पार्क र डोङ नाइमा रहेको भुओन जोई चिडियाखानामा जनावरहरू मरेका हुन् ।

‘नेशनल सेन्टर फर एनिमल हेल्थ डायग्नोसिस’ को परीक्षणको नतिजाअनुसार जनावरहरूको मृत्यु ‘एच–फाइभ–एन–वान’ टाइप–ए भाइरसको सङ्क्रमणबाट भएको पत्ता लागेको खबरमा उल्लेख छ ।

वन्यजन्तु संरक्षणमा केन्द्रित गैरसरकारी संस्था ‘एजुकेशन फर नेचर भियतनाम (ईएनभी)’ ले सन् २०२३ को अन्त्यमा भियतनाममा ३ सय ८५ वटा बाघ बन्दी अवस्थामा रहेका बताएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ८ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको