२७ माघ २०८१, आइतबार । February 9, 2025

एनपीएलको खेलाडी अक्सन आइतबार, १ सय ४२ खेलाडी सहभागी हुने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी अक्सन आइतबार हुने भएको छ ।

त्यसमा १ सय ४२ खेलाडी सहभागी हुनेछन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार कुल ४ सय २६ खेलाडीले आफ्नो नाम दर्ता गराएकामा त्यसबाट एनपीएल तयारी समितिले १ सय ४२ खेलाडी छनोट गरेर अक्सनका लागि चयन गरिएको हो । नेपाली फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ । क्यानले असोज ५ देखि १२ सम्म खेलाडी दर्ताका लागि खुला गरेको थियो ।

अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ग्रेड ‘बी’ ३८ र ग्रेड ‘सी’ ७७ खेलाडी रहेका छन् । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ । क्यानले यसअघि नै ती टिमका प्रवर्धकको नाम सावर्जनिक गरिसकेको छ । सहभागी हुने टिममा सुदूरपश्चिम रोयल्स, काठमान्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स छन् ।

यी सबै टिमले आफ्नो लोगो र मार्की खेलाडी सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ७ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दोहोरो अंकले घट्यो नेप्से, कतिको भयो कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

बडिमालिकाको धार्मिक तथा पर्यटकीय महत्व समेटेको अनुसन्धानात्मक वृत्तचित्र सार्वजनीक

काठमाडौं । बाजुराको प्रसिद्ध धार्मिक गन्तव्य बडिमालिका मन्दिरको धार्मिक तथा

नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभानमा बस दुर्घटना, २३ जना घाइते

चितवन । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लु प्र ०३–००१ ख

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको