९ चैत्र २०८२, सोमबार । March 24, 2026

एनपीएलको खेलाडी अक्सन आइतबार, १ सय ४२ खेलाडी सहभागी हुने


१७ आश्विन २०८१, बिहिबार  

9
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी अक्सन आइतबार हुने भएको छ ।

त्यसमा १ सय ४२ खेलाडी सहभागी हुनेछन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार कुल ४ सय २६ खेलाडीले आफ्नो नाम दर्ता गराएकामा त्यसबाट एनपीएल तयारी समितिले १ सय ४२ खेलाडी छनोट गरेर अक्सनका लागि चयन गरिएको हो । नेपाली फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ । क्यानले असोज ५ देखि १२ सम्म खेलाडी दर्ताका लागि खुला गरेको थियो ।

अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ग्रेड ‘बी’ ३८ र ग्रेड ‘सी’ ७७ खेलाडी रहेका छन् । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ । क्यानले यसअघि नै ती टिमका प्रवर्धकको नाम सावर्जनिक गरिसकेको छ । सहभागी हुने टिममा सुदूरपश्चिम रोयल्स, काठमान्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स छन् ।

यी सबै टिमले आफ्नो लोगो र मार्की खेलाडी सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ७ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali