८ चैत्र २०८२, आइतबार । March 22, 2026

महिला टी–२० विश्वकप आजबाट, विजेताले कति पाउँछ पुरस्कार ?


१७ आश्विन २०८१, बिहिबार  

18
Shares

एजेन्सी । आइसीसी महिला टी–२० विश्वकप आजदेखि शुरु हुदै छ ।

यो विश्वकप अक्टोबर २० सम्म हुदै छ भने यो प्रतियोगितामा १० देशले भाग लिदै छन् । आयोजक बंगलादेश भएपनि यो विश्वकप युएईका शारजाहा र दुवई शहरमा हुदै छ । बंगलादेशमा हालै भएको आन्दोलनका कारण आयोजक बंगलादेश नै रहने गरि प्रतियोगिता युएईमा हुन लागेको हो । विश्वकपको समुह ए मा अस्ट्रेलिया, भारत, न्यूजील्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् भने समुह बी मा बंगलादेश, ईङल्याण्ड, स्कटल्याण्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका छन् ।

आज पहिलो खेल बंगलादेश र स्कटल्याण्डबीच अपराहन्न ३ः४५ बजेदेखि खेल हुदै छ भने आजै दोस्रो खेल पाकिस्तान र श्री लंकाबीच राति ७ः४५ बजेदेखि शुरु हुदै छ । आइसीसीले महिला टी(२० विश्वकपका लागि पुरुष विश्वकप सरहनै पुरस्कार रकम दिने भएको छ । आज देखि शुरु हुने यस महिला टी–२० विश्वकपमा आइसीसीले कुल ७९ लाख ५८ हजार ८० डलर पुरस्कार रकममा खर्च हुने बताएको छ ।

आइसीसीले यस विश्वकपमा विजेता टिमलाई २३ लाख ४० हजार डलर दिने बताएको छ भने उपविजेता देशले ११ लाख ७० हजार डलर पाउने छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ७ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो