४ चैत्र २०८१, मंगलबार । March 19, 2025

महिला टी–२० विश्वकप आजबाट, विजेताले कति पाउँछ पुरस्कार ?



एजेन्सी । आइसीसी महिला टी–२० विश्वकप आजदेखि शुरु हुदै छ ।

यो विश्वकप अक्टोबर २० सम्म हुदै छ भने यो प्रतियोगितामा १० देशले भाग लिदै छन् । आयोजक बंगलादेश भएपनि यो विश्वकप युएईका शारजाहा र दुवई शहरमा हुदै छ । बंगलादेशमा हालै भएको आन्दोलनका कारण आयोजक बंगलादेश नै रहने गरि प्रतियोगिता युएईमा हुन लागेको हो । विश्वकपको समुह ए मा अस्ट्रेलिया, भारत, न्यूजील्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् भने समुह बी मा बंगलादेश, ईङल्याण्ड, स्कटल्याण्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका छन् ।

आज पहिलो खेल बंगलादेश र स्कटल्याण्डबीच अपराहन्न ३ः४५ बजेदेखि खेल हुदै छ भने आजै दोस्रो खेल पाकिस्तान र श्री लंकाबीच राति ७ः४५ बजेदेखि शुरु हुदै छ । आइसीसीले महिला टी(२० विश्वकपका लागि पुरुष विश्वकप सरहनै पुरस्कार रकम दिने भएको छ । आज देखि शुरु हुने यस महिला टी–२० विश्वकपमा आइसीसीले कुल ७९ लाख ५८ हजार ८० डलर पुरस्कार रकममा खर्च हुने बताएको छ ।

आइसीसीले यस विश्वकपमा विजेता टिमलाई २३ लाख ४० हजार डलर दिने बताएको छ भने उपविजेता देशले ११ लाख ७० हजार डलर पाउने छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ७ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

२५ करोड बराबरको विदेशी मुद्रा सहित ‘फुच्चे’ पक्राउ

काठमाडौँ । प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम

घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्डको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आरआर क्याम्पसमा पनि रोकियो स्ववियू निर्वाचन

काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा पनि स्ववियु