२४ माघ २०८२, शुक्रबार । February 6, 2026

रोकियो नेप्सेको उकालो यात्रा, बुधबार २६ दशमलव शून्य सात अंकले घट्यो



काठमाडौं । साताको चौथौ कारोबारको दिन बुधवार शेयर बजार परिसूचक नेप्से २६ दशमलव शून्य सात अङ्कले घटेको छ ।

आज नेप्से २६ अंकले घटेर दुई हजार पाँच सय ९७ दशमलव ४९ को बिन्दुमा कायम भएको हो । आज तीन सय १० कम्पनीको एक करोड ५१ लाख ९९ हजार सात सय ६३ कित्ता शेयर ८३ हजार ८१ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ७७ करोड ८१ लाख ९५ हजार आठ सय ८१ बराबरको कारोबार भएको छ ।

आज वित्त समूहको उपसूचक एक दशमलव ७५ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी निर्जीवन बिमा समूहमा एक दशमलव ८२ प्रतिशतको गिरावट देखिएको छ । बैंकिङ शून्य दशमलव ७१, विकास बैंक एक दशमलव ३८, होटल तथा पर्यटन एक दशमलव ७९, जलविद्युत् एक दशमलव ७४, लगानी एक दशमलव ५२ र जीवन बिमा शून्य दशमलव ४० प्रतिशतले घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ७९, लघुवित्त एक दशमलव १२, म्युचुअल फण्ड शून्य दशमलव ४१, व्यापार एक दशमलव १८ र अन्य समूह शून्य दशमलव शून्य तीन प्रतिशतले घटेको छ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छभने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको रु २० करोड ७१ लाख ५५ हजार दुई सय ६७ को शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ४ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल