७ जेष्ठ २०८२, मंगलबार । May 20, 2025

देशभर मनसुनी वायुको प्रभाव, हल्का देखि मध्यम बर्षाको सम्भावना



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बुधबार र बिहीबार देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ।

तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ। महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । महाशाखाले मंगलबार साँझ जारी गरेको तीनदिने मौसमी बुलेटिनमा देशभर मनसुनी वायु र भारतको उत्तर–पूर्व असाम र आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उल्लेख छ।

विभागका अनुसार हाल कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। कोशी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। यस अवधिमा कोशी प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

साथै कोशी प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने माहाशाखाको अनुरोध छ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी

पोखरामा भूकम्पको धक्का, केन्द्रबिन्दु कास्कीको सिनुवा

कास्की । मंगलबार दिउँसो पोखरा र आसपासका क्षेत्रमा भूकम्पको हल्का

महिला टी-२० एसिया छनोटः अन्तिम खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ अन्तर्गत

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य अघिल्लो दिनकै दरमा