११ जेष्ठ २०८३, सोमबार । May 26, 2026

बरिष्ठ पत्रकारहरुको दशैं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न, पत्रकारितालाई गुणस्तरीय बनाउनेमा जोड


१४ आश्विन २०८१, सोमबार  

21
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार क्षेत्रसम्बद्ध अधिकारी तथा प्राध्यापकहरूले पत्रकारिता क्षेत्रलाई अझ विश्वसनीय, भरपर्दो र गुणस्तरीय बनाउन सम्बन्धित क्षेत्रको ज्ञान र सीप आवश्यक रहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले वडादसैँ, दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरूले बदलिँदो परिवेशमा सक्षम एवं कुशल पत्रकार बन्नका लागि आधुनिक सूचना प्रविधिसहित पत्रकारितासम्बन्धी सैद्धान्तिक, प्रयोगात्मक र व्यावहारिक ज्ञान हुन आवश्यक रहेको धारणा व्यक्त गरे ।

सो अवसरमा त्रिभूवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र विभागका कामु डिन दुबिनन्द ढकालले सूचना प्रविधिको विकाससँगै सत्यतथ्य र आधिकारिक समाचारमार्फत समाजलाई सुसूचित गर्ने आमसञ्चार माध्यमलाई सही ढङ्गबाट अघि बढाउने जिम्मेवारी विशेषगरी पत्रकारिता विषयका विद्यार्थी तथा अध्यापकको रहेको बताए । त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा कुन्दन अर्यालले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमाथि अनेकौँ चुनौती सिर्जना भएको उल्लेख गर्दै सैद्धान्तिक र व्यवहारिक ज्ञानसहित खारिएको कुशल पत्रकार उत्पादनका लागि समाचार सङ्कलन, सम्पादन तथा सम्प्रेषण कक्ष र शिक्षण सिकाइ कक्षलाई जोड्नुपर्ने बताए ।

कार्यक्रममा उपप्राध्यापकहरु डा देवराज अर्याल, शशीनाथ मराशिनी, डा घमराज लुईँटेल तथा विज्ञापन बोर्डका अध्यक्षसमेत रहेका लेक्चरर लक्ष्मण हुमागाँईलगायतले शुभकामनासहितको मन्तब्य राखेका थिए । उक्त क्याम्पसका तेस्रो सेमेस्टरका विद्यार्थीसमेत रहेका कार्यक्रमका संयोजक बाबुराम आचार्यले पत्रकारिता बिषय इथिकिल हुनु हुँदा त्रिभूवन विश्वविद्यालयलाई इथिकल बनाईनुपर्ने विचार व्यक्र गरेका थिए ।

भब्य रुपमा सम्पन्न कार्यक्रममा तेस्रो सेमेस्टरका बिद्यार्थीको आयोजनामा विभागमा अध्ययनरत चौथो सेमेस्टरका विद्यार्थीको विदाइसमेत गरिएको थियो । त्रिविले २०५८ सालदेखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ सालदेखि विद्यावारिधि र २०७४ सालदेखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन गर्दै आएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ७ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली