८ चैत्र २०८२, आइतबार । March 22, 2026

इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर युनाइटेडमाथि टोटनह्यामको सहज जित


१४ आश्विन २०८१, सोमबार  

21
Shares

एजेन्सी । जारी इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम हट्सपुरले म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजित गरेको छ।

आइतबार राति भएको खेलमा टोटेनह्यामले पहिलो हाफमा १ गोल गर्दा दोस्रो हाफमा २ गोल थपेको थियो। युनाइटेडको घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा ब्रेनान जोनसोनले तेस्रो मिनेटमै टोटेनह्यामलाई अग्रता दिलाएका थिए। खेलमा युनाइटेड पहिलो हाफको अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो।

ब्रुनो फर्नान्डेस रातो कार्ड खाएर ४२औं मिनेटमा बाहिरिएपछि उसका लागि दोस्रो हाफ झनै कठिन रह्यो। दोस्रो हाफको सुरुवातमै डेजन कुलुसेभस्कीले गोल गर्दा युनाइटेड दबामा परेको थियो। टिमका लागि तेस्रो गोल डोमिनीक सोलान्केले ७७ औं मिनेटमा गरेका थिए। युनाइटेडले सिमित अवसर पाएपनि गोल गर्न सकेन्।

त्यस्तै प्रिमियर लिगको अर्को खेलमा एस्टन भिल्ला इप्सविच टाउनसँग २–२ गोलको बराबरीमा रोकियो। जितपछि टोटेनह्यामको ६ खेलबाट १० अङ्क भएको छ। युनाइटेड ७ अङ्कका साथ १२ औं स्थानमा छ।

बराबरी खेलेको एस्टन भिल्ला १३ अङ्कका साथ पाँचौं स्थानमा छ। इप्सविच टाउन भने ४ अङ्क बनाएर १५ औं स्थानमा छ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ७ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो