३ फाल्गुन २०८१, शनिबार । February 15, 2025

बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या १ सय ९२ पुग्यो, ३० अझै बेपत्ता



काठमाडौं । अविरल बर्षापछि आएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या हालसम्म १ सय ९२ पुगेको प्रहरीले जनाएको छ ।

यस्तै ३० जना अझै पनि बेपत्ता रहेका छन् । १ सय ९४ जना घाइते भएको पनि प्रहरी प्रधान कार्यालयले जनाकारी दिएको छ । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ७ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाः ६७ विद्यार्थी पुरस्कृत

काठमाडौं । काठमाडौंका २ सय भन्दा बढी विद्यालयका १० हजार

नेपाल एटिमी क्याकुसिन कराते खेलाडीलाई युवा नेता दुबेले गरे बिदाइ

बारा । बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ भलुहीमा

आज ‘भ्यालेन्टाइन डे’, प्रेमिल जोडीले प्रेम साटासाट गरी मनाउँदै

काठमाडौं । आज फेब्रुअरी १४ तारिख अर्थात विश्व प्रेम दिवस

कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक, हेर्नुहोस तालिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक

अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलर घट्यो, अन्य मुद्राको कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर