२३ असार २०८२, सोमबार । July 8, 2025

झ्याप्लेखोला पहिरो अपडेटः हालसम्म ३० जनाको शव निकालियो



धादिङ । धादिङको झ्याप्लेखोलामा पुरिएर मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

प्रहरीका अनुसार हिजो एउटा माइक्रोबसबाट १४ जनाको शव निकालिएको थियो । आज एउटा बसबाट तीन जनाको शव र अर्को माइक्रोबसबाट १३ जनाको शव फेला परेको जनाएको छ । गोरखाबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बसबाट आज तीन जनाको शव निकालिएको छ ।

यस्तै चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रोबसमा १३ जनाको शव फेला परेको छ । यो माइक्रोबसबाट चार जना महिला र नौ जना पुरुषको शव निकालिएको छ । यस्तै बुटवलबाट काठमाडौंका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रोबसलाई पनि झ्याप्ले खोलाको पहिरोले पुरेको थियो ।

यो माइक्रोबसमा रहेका १४ जनाको शव हिजो नै निकालिएको थियो । उक्त पहिरोमा अझै पनि केही बस र गाडीहरु पुरिएको हुनसक्ने आशंका व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमबार सेयर बजारमा गिरावट : नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबारी दिन सोमबार नेप्से परिसूचकमा दोहोरो

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर

टेक्सास बाढी अपडेटः हालसम्म ७८ जनाको मृत्यु, ४१ अझै बेपत्ता

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा आएको भीषण बाढीले

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

टेक्सासमा विनाशकारी बाढी: ५० जनाको मृत्यु, २७ बालिका अझै बेपत्ता

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा केही दिनदेखिको लगातारको मुसलधारे वर्षाले