२ फाल्गुन २०८२, शनिबार । February 14, 2026

टी–२० सिरिजः पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित



काठमाडौं । टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको पराजित भएको छ ।

क्यानडाको किङ्ग सिटीमा शनिबार टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २३ रन बनाएको थियो । एक सय २४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर खेल्दै सवै विकेट गुमाएर एक सय नौ रन मात्र बनाउन सक्यो ।

ब्याटिङ गर्ने क्रममा नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३९ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन बनाए । यस्तै कुशल मल्लले १२, देव खनालले ११ तथा सन्दीप लामिछानेले १० रन बनाए । बलिङतर्फ क्यानडाका कलिम सानाले चार विकेट लिए । यस्तै साद बिन जाफरले तीन तथा प्रविन कुमार र अखिल कुमारले एक एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गर्दै क्यानडाका लागि साद बिन जाफरले १८ बलमा तीन चौकासहित २३ रन बनाए । यस्तै श्रेयस मोभ्भाले २२, प्रविन कुमारले १९, नवनित धालिवालले १४ तथा अखिल कुमारले १४ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले तीन तीन तथा दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले एक एक विकेट लिए ।

नेपालले दोस्रो खेल अब आज राति ओमानसँग खेल्नेछ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ९ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा

लुम्बिनी वल्ड स्कुलमा नयाँ नेतृत्व चयन, गोपाल टण्डन अध्यक्षमा सर्वसम्मत

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाले गोपाल

इटालीसँग नेपालको अप्रत्याशित हार, सुपर–८ यात्रा संकटमा

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल

टी-२० विश्वकपः नेपालले इटालीलाई दियो १२४ रनको झिनो लक्ष्य

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को

टी-२० विश्वकपः इटली विरुद्द पहिलो ब्याटिङ गर्दै नेपाल

काठमाडौं । जारी आइसिसी टि ट्वान्टी विश्वकपमा इटलीसँगको खेलमा नेपालले