१९ चैत्र २०८२, बिहिबार । April 3, 2026

अरुण, दुधकोशी, सुनकोशी लगायतका ठुला नदीहरुमा जलसतह खतरास्तर नजिक


१२ आश्विन २०८१, शनिबार  

18
Shares

काठमाडौं । शुक्रबारदेखि परेको अविरल बर्षाका कारण यतिबेला देशभरका केही ठुला नदीहरुमा जलसतहले खतराको तह पार गरेको छ ।

पूर्वमा संखुवासभाको अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगंगासम्मका लगभग सबै नदीमा जलसतह खतराको तह नजिक रहेका छन् । जल तथा मौसम विज्ञान विभागद्वारा आज राति जारी विशेष बाढीसम्बन्धी सूचनामा अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगङ्गा तथा तिनका सहायक नदीमध्ये केहीले चेतावनीस्तर पार गरिसकेका र केही खतराको स्तर नजिक रहेको उल्लेख छ ।

विभागका अनुसार, सुनकोशी र बागमती नदीमा जलसतह खतरास्तरभन्दा माथि रहेको तथा अरुण, दूधकोशी, नारायणी, तिनाउ र वाणगङ्गा सबैले पनि सतर्कताको ‘थ्रेसहोल्ड’ पार गरिसकेको उल्लेख छ । अहिले पनि ती सबै नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकोकाले जलसतह अझै बढ्न सक्ने आँकलन गरिएको छ ।

यस्तै आगामी २४ घण्टा थप भारी बर्षाको पूर्वानुमान गरिएकाले समेत अनावश्यक यात्रामा ननिस्कन र सुरक्षित रहन समेत महाशाखाले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ६ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र