५ चैत्र २०८१, बुधबार । March 20, 2025

युरोपा लिगः अजरबैजानमाथि टोटनहमको सहज जित



एजेन्सी । युरोपा लिग फुटबलमा टोटनहमले सहज जित निकालेको छ।

गएराति घरेलु मैदानमा टोटनहमले अजरबैजानको काराबाग एफकेमाथि ३–० को जित निकाल्दै तीन अंक जोड्यो। टोलीको जितमा ब्रेनान जनसन, पेप सर र डोमिनिक सोलान्केले गोल गरे। पहिलो हाफमा एक गोल हुँदा दोस्रो हाफमा थप दुई गोल भएका थिए।

यसअघि खेलको सातौं मिनेटमा राड ड्राग्सनले सिधै रातो कार्ड पाउँदा टोटनहम दश खेलाडीमा सिमित बनेर खेलेको थियो। टोटनहमले आइतबार प्रिमियर लिगमा कमजोर प्रदर्शन गरिरहेको म्यानचेष्टर युनाइटेडसँग खेल्ने तालिका छ।

पछिल्लो खेलमा ब्रेन्टफोर्डलाई टोटनहमले ३–१ ले हराएको थियो। गएराति नै भएको खेलमा इटालियन सिरी ‘ए’ क्लब रोमा र स्पेनिस क्लब एथ्लेटिको बिल्वाओबीचको खेल १–१ को बराबरी खेलेका छन्।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ८ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर