५ चैत्र २०८१, बुधबार । March 19, 2025

भोलि र पर्सि पहाडी र हिमाली जिल्लामा रात्रिबस नचलाउन आग्रह



काठमाडौं । सरकारले भोलि र पर्सि पहाडी र हिमाली जिल्लामा रात्रिबस नचलाउन आग्रह गरेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमान्ड पोस्टको बैठकले आजदेखि आइतवारसम्म ५६ वटा जिल्लामा ठूलो र अति ठूलो पानी पर्ने भएकाले पहाडी र हिमाली जिल्लामा रात्रिबस नचलाउन आग्रह गरेको हो । रातको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आँकलन गर्न कठिन हुने भएकोले उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा बस नचलाउन भनिएको प्राधिकरणले जनाएको छ ।

यस्तै धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँ तलामा अन्नपात नराख्न, पहिरोको जोखिम भएका ठाउँमा र नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन, दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान पनि सरकारले आग्रह गरेको छ ।

खोज तथा उद्धारका लागि तीन वटै सुरक्षा निकाय एवम् स्वयंसेवकहरू तयारी अवस्थामा राख्न, आइतवारसम्म अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही अलर्ट मा रहन पनि प्राधिकरणले आग्रह गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ५ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर