६ चैत्र २०८१, बिहिबार । March 20, 2025

बंगलादेशका स्टार अलराउन्डर सकिबले टेस्ट र टी–२० क्रिकेटबाट लिए सन्न्यास



एजेन्सी । बंगलादेशका स्टार अलराउन्डर सकिब अल हसनले टेस्ट र टी–२० आई क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।

उनले घरेलु मैदानमा आगामी अक्टोबरमा दक्षिण अफ्रिकासँग हुने दुई टेस्ट खेलको सिरिजपछि नखेल्ने घोषणा गरेका हुन् । भारत भ्रमणमा रहेका उनले पत्रकारहरुसँगको कुराकानीमा सन्यास लिएको जानकारी दिएका हुन् । भारत र बंगलादेशबीच दोस्रो टेस्ट शुक्रबारदेखि कानपुरमा सुरु हुँदैछ ।

३७ वर्षीय उनले बंगलादेशबाट ७० टेस्ट, २४७ ओडीआई र १२९ टी–२० आई खेल खेलेका छन् । टेस्टमा उनले सन् २००७ मे १८ मा भारतविरुद्ध डेब्यू गरेका थिए । टेस्टमा उनले ५ शतक र ३१ अर्धशतकसहित कुल ४६०० सय रन बनाउनुको साथै २४२ विकेट लिएका छन् । २०१७ मा न्युजिल्यान्डविरुद्ध बनाएको २१७ रन नै उनको टेस्ट करिअरको उत्कृष्ट ब्याटिङ हो ।

टी–२० आईमा भने उनले २००६ मा जिम्बावेविरुद्ध डेब्यू गरेका थिए । उनले टी–२० आईमा २५५२ रन बनाउनुको साथै १४९ विकेट लिएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ३ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर