८ चैत्र २०८२, आइतबार । March 22, 2026

बंगलादेशका स्टार अलराउन्डर सकिबले टेस्ट र टी–२० क्रिकेटबाट लिए सन्न्यास


१० आश्विन २०८१, बिहिबार  

12
Shares

एजेन्सी । बंगलादेशका स्टार अलराउन्डर सकिब अल हसनले टेस्ट र टी–२० आई क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।

उनले घरेलु मैदानमा आगामी अक्टोबरमा दक्षिण अफ्रिकासँग हुने दुई टेस्ट खेलको सिरिजपछि नखेल्ने घोषणा गरेका हुन् । भारत भ्रमणमा रहेका उनले पत्रकारहरुसँगको कुराकानीमा सन्यास लिएको जानकारी दिएका हुन् । भारत र बंगलादेशबीच दोस्रो टेस्ट शुक्रबारदेखि कानपुरमा सुरु हुँदैछ ।

३७ वर्षीय उनले बंगलादेशबाट ७० टेस्ट, २४७ ओडीआई र १२९ टी–२० आई खेल खेलेका छन् । टेस्टमा उनले सन् २००७ मे १८ मा भारतविरुद्ध डेब्यू गरेका थिए । टेस्टमा उनले ५ शतक र ३१ अर्धशतकसहित कुल ४६०० सय रन बनाउनुको साथै २४२ विकेट लिएका छन् । २०१७ मा न्युजिल्यान्डविरुद्ध बनाएको २१७ रन नै उनको टेस्ट करिअरको उत्कृष्ट ब्याटिङ हो ।

टी–२० आईमा भने उनले २००६ मा जिम्बावेविरुद्ध डेब्यू गरेका थिए । उनले टी–२० आईमा २५५२ रन बनाउनुको साथै १४९ विकेट लिएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ३ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो