६ आश्विन २०८३, मंगलबार । September 22, 2026

स्वदेश फर्कियो चीन भ्रमणमा गएको रास्वपाको टोली


१० आश्विन २०८१, बिहिबार  

33
Shares

काठमाडौं । चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली काठमाडौं फर्किएको छ ।

पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेको नेतृत्वमा चीन गएको रास्वपाको बिहीवार बिहान काठमाडौं आएको हो । १० दिने भ्रमणका लागि डा.वाग्ले नेतृत्वको १४ सदस्यीय टोली शनिवार राति चीन गएको थियो । तर, सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने सम्भावना बढेको भन्दै पार्टीले तत्काल स्वदेश फर्किन निर्देशन दिएपछि उनीहरु स्वदेश फर्किएका हुन् ।

भ्रमण टोलीमा पार्टी उपसभापति डा.वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुसरकार श्रेष्ठ रहेका थिए ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  २ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा