१० माघ २०८१, बिहिबार । January 23, 2025

स्वदेश फर्कियो चीन भ्रमणमा गएको रास्वपाको टोली



काठमाडौं । चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली काठमाडौं फर्किएको छ ।

पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेको नेतृत्वमा चीन गएको रास्वपाको बिहीवार बिहान काठमाडौं आएको हो । १० दिने भ्रमणका लागि डा.वाग्ले नेतृत्वको १४ सदस्यीय टोली शनिवार राति चीन गएको थियो । तर, सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने सम्भावना बढेको भन्दै पार्टीले तत्काल स्वदेश फर्किन निर्देशन दिएपछि उनीहरु स्वदेश फर्किएका हुन् ।

भ्रमण टोलीमा पार्टी उपसभापति डा.वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुसरकार श्रेष्ठ रहेका थिए ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  २ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नतिजा लुकाएपछि पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुख अर्याल विवादमा, विद्यार्थीले नै मागे राजीनामा

काठमाडौं । त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख सह–प्राध्यापक

पीएम कप महिला क्रिकेटः एपीएफसँग बागमती १० विकेटले पराजित

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत सुपर ४

आईएमई पेमा विदेशबाट पैसा पठाउँदा ५ सय रुपैयाँसम्म बोनस

काठमाडौं । डिजिटल वालेट आइएमई पेले विदेशबाट पैसा पठाउँदा ५००

रुपन्देही अदालतमा उपस्थित भए रवि, थुनछेक बहस सुरु

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेको राष्ट्रिय

बाघको आक्रमणबाट बाँकेमा एक वृद्धाको मृत्यु

बाँके । बाँकेमा बाघको आक्रमणबाट एक बृद्धाको मृत्यु भएको छ