२१ मंसिर २०८२, शनिबार । December 6, 2025

मुम्बईमा भीषण वर्षाः स्कुल कलेज बन्द, हवाई उडान प्रभावित



एजेन्सी । भारी वर्षाका कारण भारतको मुम्बई अस्तव्यस्त बनेको छ ।

मुम्बई र आसपासका क्षेत्रमा भारी वर्षा भएपछि तल्लो क्षेत्र डुबानमा परेका छन् । धेरै जसो उपनगरीय क्षेत्र डुबानमा परेको र स्थानीय ट्रेनहरू समेत रोकिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यस्तै बर्षाका कारण कैयौं उडान समेत डाइभर्ट गर्नुपरेको थियो ।

भारतीय मौसम विभागले मुम्बई र यसको आसपासका जिल्ला ठाणे, पालघर र रायगढमा बिहीबार बिहानसम्म रेड अलर्ट जारी गरेको छ । भारी वर्षाका कारण बृहन्मुम्बई महानगरपालिकाले बिहीबार सबै विद्यालय र कलेजमा बिदा दिएको छ । मुम्बई प्रहरीले सहर र वरपरका क्षेत्रका मानिसहरूलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरेको छ ।

मौसम विभागका अनुसार मुम्बई र आसपासका विभिन्न स्थानमा सेप्टेम्बर २७ सम्म भारी वर्षा जारी रहने अनुमान गरिएको छ । पश्चिम मध्य र आसपासको उत्तरपश्चिम बंगालको खाडीमा आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र पश्चिम–उत्तरपश्चिमतर्फ सरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ११ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको