६ चैत्र २०८१, बिहिबार । March 20, 2025

एफसी यू–२० एसियन कप छनोटः नेपाल उज्वेकिस्तानसँग पराजित



काठमाडौं । एफसी यू–२० एसियन कप छनोटअन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको हो ।

चाइनिज ताइपेको न्यू ताइपेई सिटीमा आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ६–० गोलअन्तरले पराजित भएको हो । खेलको २४ र २७ औँ मिनेटमा उज्वेकिस्ताका साइदनुरल्लायभले दुई गोल गरे । त्यस्तै, खेलको २९ औँ मिनेटमा नुर्लान इब्राइमोभले गोल गरेपछि उज्वेकिस्तानले पहिलो हाफमा ३–० को अग्रता बनायो । त्यसपछि खेलको दोस्रो हाफमा पनि उज्वेकिस्तानले तीन गोल नै थप्यो ।

उज्वेकिस्तानका लागि मिर्जाएभले ६८औँ मिनेटमा गोल गरे भने खेलको ८८ औँ मिनेटमा मेयिरबेक रेजाबालिएभल एक गोल गरे । खेलको ९०औँ मिनेटमा अब्दुगाफुर हेदारोभले गोल गरेसँगै उज्वेकिस्तानले नेपालमाथि ६–० गोलको जित निकाल्यो । एसियन छनोटमा समूह ‘बी’मा रहेको नेपालको यो दोस्रो हार हो ।

पहिलो खेलमा कम्बोडियासँग नेपाल ४–१ गोलअन्तरले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेईलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । यता उज्वेकिस्तानको यो लगातार दोस्रो जित हो । उज्वेकिस्तानले पहिलो खेलमा कम्बोडियालाई ७–० गोलअन्तरले पराजित गरेको थियो ।

लगातार दुई खेल जितेको उज्वेकिस्तान ६ अङ्क जोडेको छभने तीन खेलको नेपालको तीन अङ्क नै रहेको छ । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही असोज ११ गते बहराइनसँग खेल्नेछ । समूह ‘बी’ मा नेपालसहित उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया रहेका छन् ।

आगामी सन् २०२५ मा हुने एएफसी यू–२० एसियन कप छनोटमा कुल ४५ राष्ट्रको सहभागिता रहेको छ । जसलाई विभिन्न दश समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता र उत्कृष्ट पाँच उपविजेता यू–२० टोली एसियन कपमा छनोट हुनेछन् ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ६ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एसइई परीक्षा आजदेखि, पाँच लाख १४ हजार विद्यार्थी सहभागी हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ ।

अमेरिकी डलरको भाउ ओरालो यात्रामा, युरो र पाउन्ड स्टर्लिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन