९ बैशाख २०८२, मंगलबार । April 22, 2025

मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा ठुलै असर पर्नसक्ने



काठमाडौं । आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दाअगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न अनुरोध गरेको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण आज दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा केही स्थानमा मध्यम र एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

जारी बुलेटिनमा सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा मधेस प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ७ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेयर बजारमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकममा कमी

काठमाडौं । मंगलबार, सेयर बजारमा ९.९६ अंकको गिरावट आएको छ।

सिंहदरबारका सबै मन्त्रालयमा मेलम्ची पानी जडान गर्ने निर्णय

काठमाडौं । सिंहदरबार भित्रका सबै मन्त्रालयमा मेलम्चीको पानी जडान गर्ने

शिक्षकलाई उक्साउँदै प्रचण्ड ! आन्दोलन नरोक्न अपिल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षक आन्दोलनलाई

सुख्खा पहिरोले नारायणगढ–बुटवल सडक अवरुद्ध, सयौँ सवारी जाममा

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा खसेको सुख्खा पहिरोका

गभर्नर नियुक्ति विवादः रिटको सुनुवाइ तेस्रो दिन पनि स्थगित

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई