१० माघ २०८१, बिहिबार । January 23, 2025

साताको दोस्रो कारोबारको दिन सोमबार ५९ अंकले घट्यो नेप्से



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ अङ्कमा कायम भएको हो । आज नेप्सेमा तीन सय २९ कम्पनीको एक करोड ३५ लाख ३५ हजार नौ सय तीन कित्ता शेयर ७७ हजार एक सय ५३ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ६६ करोड तीन लाख दुई हजार छ सय ८३ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूहको उपसूचक पाँच दशमलव ५६ प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव २७, विकास बैंक दुई दशमलव ४६, होटल तथा पर्यटन तीन दशमलव ३४, जलविद्युत् दुई दशमलव ८९ र लगानी समूह दुई दशमलव ७३ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बीमा समूह दुई दशमलव ३५, उत्पादन तथा प्रशोधन एक दशमलव ८१, लघुवित्त दुई दशमलव ५६, म्युचुअल फन्ड शून्य दशमलव ४८, निर्जीवन बीमा दुई दशमलव ६९, व्यापार तीन दशमलव ९३ र अन्य समूह दुई दशमलव २२ प्रतिशतले घटेको छ । आजको कारोबारमा दुई सय २९ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ । हिमालयन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ८४ प्रतिशतले बढेको छ ।

चारवटा कम्पनीको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । गुडविल फाइनान्स लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, एनआइसी एसिया फ्लेक्स क्याप फन्ड र इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको हो । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु २१ करोड १३ लाख ४२ हजार सात सय ३२ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी सनराइज बैंक लिमिटेड प्रमोटर शेयर पाँच लाख कित्ता खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ५ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नतिजा लुकाएपछि पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुख अर्याल विवादमा, विद्यार्थीले नै मागे राजीनामा

काठमाडौं । त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख सह–प्राध्यापक

पीएम कप महिला क्रिकेटः एपीएफसँग बागमती १० विकेटले पराजित

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत सुपर ४

आईएमई पेमा विदेशबाट पैसा पठाउँदा ५ सय रुपैयाँसम्म बोनस

काठमाडौं । डिजिटल वालेट आइएमई पेले विदेशबाट पैसा पठाउँदा ५००

रुपन्देही अदालतमा उपस्थित भए रवि, थुनछेक बहस सुरु

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेको राष्ट्रिय

बाघको आक्रमणबाट बाँकेमा एक वृद्धाको मृत्यु

बाँके । बाँकेमा बाघको आक्रमणबाट एक बृद्धाको मृत्यु भएको छ