९ बैशाख २०८२, मंगलबार । April 22, 2025

बुन्डेस लिगः वुल्फ्सबर्गमाथि लेभरकुसेनको शानदार जित



काठमाडौं। भिक्टर बोनिफेसले ९३ औं मिनेटमा गोल गरेपछि डिफेन्डिङ च्याम्पियन बायर लेभरकुसेनले बुन्डेसलिगामा आइतवार वुल्फ्सबर्गलाई ४–३ ले पराजित गरेको छ ।

खेलको चौथो मिनेटमा नोर्डी मुकिलेले आत्मघाती गोल गरेपछि सुरुवातमानै लेभरकुसेन पछि परेको थियो । तर जाबी अलोन्सोको घरेलु टोलीले नौ मिनेटपछि फ्लोरियन विर्ट्जको गोल मार्फत बराबरी गर्न सफल बन्यो । खेलको ३२औं मिनेटमा जोनाथन ताहले उत्कृष्ट हेडरमार्फ गोल गरेपछि घरेलु टोलीले २–१ को अग्रता बनायो ।

तर त्यसको पाँच मिनेटमानै सेबास्टियान बोर्नाउको हेड गोलमा वुल्फ्सबर्गले बराबरी गर्न सफल बन्यो । पहिलो हाफको अन्तिम मिनेटमा म्याटियास स्वानबर्गले गोल गर्दै वोल्फ्सबर्गलाई पुनः ३–२ को अग्रता दिलाए । पहिलो हाफमा ३–२ ले पछि परेको लेभरकुसेनले खेलको ४८ औं मिनेटमा पिएरो हिन्कको गोल मार्फत बराबरी गर्न सफल बन्यो ।

खेलको ८८औं मिनेटमा वोल्फ्सबर्गका यानिक गेर्हार्ट रातो कार्ड खादै बहिरिएपछि त्यसको फाइदा लेभरकुसेनलाई भयो । उस्ले दोश्रो हाफको इन्युरी समयमा वैकल्पिक खेलाडी बोनिफेसले गोल गर्दै टिमलाई जित दिलाए । जित पछि लेभरकुसेन ४ खेलबाट ९ अंक सहित लिग तालिकाको दोश्रो स्थानमा उक्लिएको छ ।

आइतबार रातिनै भएको अन्य खेलमा स्टुगर्टले ब्रोयसिया डर्टमन्टलाई ५–१ ले पराजित गर्यो ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेयर बजारमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकममा कमी

काठमाडौं । मंगलबार, सेयर बजारमा ९.९६ अंकको गिरावट आएको छ।

सिंहदरबारका सबै मन्त्रालयमा मेलम्ची पानी जडान गर्ने निर्णय

काठमाडौं । सिंहदरबार भित्रका सबै मन्त्रालयमा मेलम्चीको पानी जडान गर्ने

शिक्षकलाई उक्साउँदै प्रचण्ड ! आन्दोलन नरोक्न अपिल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षक आन्दोलनलाई

सुख्खा पहिरोले नारायणगढ–बुटवल सडक अवरुद्ध, सयौँ सवारी जाममा

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा खसेको सुख्खा पहिरोका

गभर्नर नियुक्ति विवादः रिटको सुनुवाइ तेस्रो दिन पनि स्थगित

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई