१२ बैशाख २०८३, शनिबार । April 25, 2026

बुन्डेस लिगः वुल्फ्सबर्गमाथि लेभरकुसेनको शानदार जित


७ आश्विन २०८१, सोमबार  

135
Shares

काठमाडौं। भिक्टर बोनिफेसले ९३ औं मिनेटमा गोल गरेपछि डिफेन्डिङ च्याम्पियन बायर लेभरकुसेनले बुन्डेसलिगामा आइतवार वुल्फ्सबर्गलाई ४–३ ले पराजित गरेको छ ।

खेलको चौथो मिनेटमा नोर्डी मुकिलेले आत्मघाती गोल गरेपछि सुरुवातमानै लेभरकुसेन पछि परेको थियो । तर जाबी अलोन्सोको घरेलु टोलीले नौ मिनेटपछि फ्लोरियन विर्ट्जको गोल मार्फत बराबरी गर्न सफल बन्यो । खेलको ३२औं मिनेटमा जोनाथन ताहले उत्कृष्ट हेडरमार्फ गोल गरेपछि घरेलु टोलीले २–१ को अग्रता बनायो ।

तर त्यसको पाँच मिनेटमानै सेबास्टियान बोर्नाउको हेड गोलमा वुल्फ्सबर्गले बराबरी गर्न सफल बन्यो । पहिलो हाफको अन्तिम मिनेटमा म्याटियास स्वानबर्गले गोल गर्दै वोल्फ्सबर्गलाई पुनः ३–२ को अग्रता दिलाए । पहिलो हाफमा ३–२ ले पछि परेको लेभरकुसेनले खेलको ४८ औं मिनेटमा पिएरो हिन्कको गोल मार्फत बराबरी गर्न सफल बन्यो ।

खेलको ८८औं मिनेटमा वोल्फ्सबर्गका यानिक गेर्हार्ट रातो कार्ड खादै बहिरिएपछि त्यसको फाइदा लेभरकुसेनलाई भयो । उस्ले दोश्रो हाफको इन्युरी समयमा वैकल्पिक खेलाडी बोनिफेसले गोल गर्दै टिमलाई जित दिलाए । जित पछि लेभरकुसेन ४ खेलबाट ९ अंक सहित लिग तालिकाको दोश्रो स्थानमा उक्लिएको छ ।

आइतबार रातिनै भएको अन्य खेलमा स्टुगर्टले ब्रोयसिया डर्टमन्टलाई ५–१ ले पराजित गर्यो ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin