१ माघ २०८२, बुधबार । January 15, 2026

फिफा यू–२० महिला विश्वकपको उपाधि उत्तर कोरियालाई



एजेन्सी । फिफा यू–२० महिला विश्वकपको उपाधि उत्तर कोरियाले जितेको छ।

उसको यो तेस्रो उपाधि हो। आज बिहान कोलम्बियाको बोगोटास्थित एल क्याम्पिन रङ्गशालामा भएको खेलमा जापानलाई १–० ले पराजित गर्दै उत्तर कोरियाले उपाधि जितेको छ। उत्तरको जितमा खेलको १५औँ मिनेटमा १७ वर्षीय चो इल–सोनको गोल नै निर्णायक बन्यो। ​चोलले गोल्डेन बल र गोल्डेन बुटपनि जित्न जितिन्।

उनले प्रतियोगितामा सर्वाधिक ६ गोल गरेकी थिइन्। उमेर समूहको खेलमा निकै दबदबा राखेको उत्तर कोरियाले सेमिफाइनलमा अमेरिकालाई हराउँदै फाइनलमा स्थान बनाएको थियो भने जापानले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो। यो उपाधि सँगै उत्तर कोरियाले जर्मनी र संयुक्त राज्य अमेरिकासँगको उपाधिसँग बराबरी गरेको छ।

उत्तर कोरियाले यसअघि सन् २००६ र २०१६ मा उपाधि जितेको थियो। २४ देश सहभागी प्रतियोगिता ३१ अगस्टमा सुरु भई २२ सेप्टेम्बरमा सकिएको हो।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले