२८ मंसिर २०८२, शनिबार । December 13, 2025

इंग्लिस प्रिमियर लिगः आर्सनलसँग म्यानचेस्टर सिटीको बराबरी



एजेन्सी । जोन स्टोन्सले दोस्रो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा गरेको गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ।

योसँगै उसले आर्सनलसँग् २–२ को बराबरी खेलेको हो। स्टोन्सको गोल अगाडिसम्म १० खेलाडीमा सीमित आर्सनल जिततर्फ अग्रसर थियो। बराबरीसँगै सिटी १३ अंकमा लिग तालिकाको शीर्षमा रह्यो र आफ्नो अपराजित यात्रा कायम राख्यो। आर्सनल भने ११ अंकमा चौथो स्थानमा रह्यो।

इतिहादमा भएको खेलमा हर्लिङ हालान्डको गोलले सिटीले सुरुआती अग्रता लिएपछि रिकार्डो कालाफोरीले बराबरी गोल फर्काए। पहिलो हाफको अन्त्यतिर गोल गर्दै ग्याब्रिएल मागाल्हेसले आर्सनललाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर लियानार्दो थ्रोसार्ड दोहोरो पहेलो कार्ड पाएर मैदान बाहिर गएका थिए।

त्यसपछि दबाबमा राखेको सिटीले खेलको अन्तिम मिनेटमा गोल गर्दै बरारबीमा ल्याए। आइतबारकै अर्को खेलमा ब्राइटन र नटिङघम फरेस्टले २–२ कै बराबरी खेले।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले