७ बैशाख २०८२, आइतबार । April 21, 2025

विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताअन्तर्गत आइतबार राति भएको तेस्रो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ ।

यस प्रतियोगितामा नेपालको लगातार तेस्रो हार हो । आइतबारको खेलमा नेपालले आयोजक क्यानडासँग ५ विकेटले हारेको हो । नेपाले प्रस्तुत गरेको १८१ रनको लक्ष्य क्यानडाले ४८ बल अगावै मात्र ५ विकेटको क्षतिमा भेट्टायो । क्यानडाका लागि नवनित धालिवालले सर्वाधिक ८७ रन जोडे ।

त्यस क्रममा उनले ८ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै परगत सिंहले ६४ रन बनाउँदै नेपाललाई हराउन मद्दत गरे । हर्ष थाकेरले १३ तथा निकोलन किर्तनले ११ रन जोड । नेपालका लागि सन्दीप लामिछानेले २ तथा करन केसी, ललित राजवंशी र गुल्सन झाले १–१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपाले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर मात्र १८१ रन जोडेको थियो । खेलमा नेपालको सुरुआत राम्रो थिएन ।

पाँचौ ओभरसम्म आसिफ शेख मात्र २ रन बनाएर आउट भएका थिए भने सातौं ओभरमा आएका भीम सार्कीले पनि ४ रनभन्दा बढी बनाउन सकेनन् । त्यसैगरी कप्तान रोहित पौडेल रन आउटभएका थिए । अलिन साह मात्र १ रन बनाएर आउट भए । आरिफ शेख र गुल्सन झाले नेपालको पारी सम्हाल्न प्रयास गरे पनि शेखले १० रन र झाले ३४ रन मात्र जोड्न सके । सन्दीप लामिछानले अर्धसतक बनाउन १ रनले चुके ।

सबैभन्दा अन्तिममा आएका करण केसीले २४ रन बनाउन सफल भएका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ६ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लिङ्देनसहितका राप्रपा नेता केही घण्टामै रिहा

काठमाडौं । निषेधित क्षेत्र तोड्दै सिंहदरबारभित्र प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र

नेपालको डिजिटल यात्रामा ‘कस्तुरी आईटी होम’को बायोमेट्रिक क्रान्ति

काठमाडौं । डिजिटल युगमा प्रवेश गरिरहेको नेपाल आज सूचना प्रविधिलाई

२० मध्ये ९ बैंक घाटामा ! नाफा वृद्धिमा नेपाल बैंकको धमाका !

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय

एक्सन सुरु भयो, क्लाइम्याक्समा ब्रेक ! लिङ्देनसहितका नेता हिरासतमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार नयाँ बानेश्वरमा

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । नयाँ वर्षको सुरुआतमा निरन्तर उकालो लागेको नेप्से परिसूचक