७ असार २०८३, आइतबार । June 21, 2026

विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार


७ आश्विन २०८१, सोमबार  

948
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताअन्तर्गत आइतबार राति भएको तेस्रो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ ।

यस प्रतियोगितामा नेपालको लगातार तेस्रो हार हो । आइतबारको खेलमा नेपालले आयोजक क्यानडासँग ५ विकेटले हारेको हो । नेपाले प्रस्तुत गरेको १८१ रनको लक्ष्य क्यानडाले ४८ बल अगावै मात्र ५ विकेटको क्षतिमा भेट्टायो । क्यानडाका लागि नवनित धालिवालले सर्वाधिक ८७ रन जोडे ।

त्यस क्रममा उनले ८ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै परगत सिंहले ६४ रन बनाउँदै नेपाललाई हराउन मद्दत गरे । हर्ष थाकेरले १३ तथा निकोलन किर्तनले ११ रन जोड । नेपालका लागि सन्दीप लामिछानेले २ तथा करन केसी, ललित राजवंशी र गुल्सन झाले १–१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपाले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर मात्र १८१ रन जोडेको थियो । खेलमा नेपालको सुरुआत राम्रो थिएन ।

पाँचौ ओभरसम्म आसिफ शेख मात्र २ रन बनाएर आउट भएका थिए भने सातौं ओभरमा आएका भीम सार्कीले पनि ४ रनभन्दा बढी बनाउन सकेनन् । त्यसैगरी कप्तान रोहित पौडेल रन आउटभएका थिए । अलिन साह मात्र १ रन बनाएर आउट भए । आरिफ शेख र गुल्सन झाले नेपालको पारी सम्हाल्न प्रयास गरे पनि शेखले १० रन र झाले ३४ रन मात्र जोड्न सके । सन्दीप लामिछानले अर्धसतक बनाउन १ रनले चुके ।

सबैभन्दा अन्तिममा आएका करण केसीले २४ रन बनाउन सफल भएका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ६ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा