१२ बैशाख २०८३, शनिबार । April 25, 2026

विश्वकप लिग–२ः जित्नैपर्ने दबाबका बिच क्यानडासँग खेल्दै नेपाल


६ आश्विन २०८१, आइतबार  

708
Shares

काठडमाडौं । नेपालले आइसीसी विश्वकप लिग– २ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ ।

यो खेल नेपाली समय अनुसार राति ८ः ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुदै छ । यस सिरिजमा लगातार दुई खेलमा हार बेहोरेर नेपाल जित्नैपर्ने दबाबमा रहेको छ । नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो । लिग–२ मा नेपालले अहिलेसम्म ५ खेलमा हार बेहोरेको छ र अंक तालिकामा सातौं स्थानमा छ । लगातारको हारपछि नेपाल जित्नै पर्ने दबाबमा आज क्यानडासँग खेल्दै छ ।

नेपाल र क्यानडाले अहिलेसम्म ४ एकदिवसीय खेल खेलेका छन् । जसमा नेपालले ३ जित हासिल गरेको छ भने एक खेल क्यानडाले जितेको छ । त्यस्तै लिग–२ मा क्यानडाले भने अहिलेसम्म १० खेलमा ६ जित हासिल गरेको छ भने १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin