३ आश्विन २०८३, शनिबार । September 20, 2026

एभरेस्ट वुमन्स भलिबल लिगः कर्णालीको यश्विज टिममा अमेरिकाकी ग्याब्रीएल बेन्डा


५ आश्विन २०८१, शनिबार  

33
Shares

काठमाडौं । अमेरिकाकी ग्याब्रीएल बेन्डाले कर्णालीको ‘कर्णाली यश्विज’ टिमबाट वात्साल्य ‘एभरेस्ट वुमन्स भलिबल लिग’ खेल्ने भएकी छिन् ।

यश्विजले एक कार्यक्रमबीच ग्याब्रीएलले आफ्नो टिमबाट खेल्ने जानकारी गराएको हो । नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग’ को केही दिनअघि मात्र कर्णालीमा ‘ट्रफी अनावरण समारोह’ अर्थात ‘ट्रफी टुर’ सम्पन्न गरिएको थियो । ट्रफि अनावरणपछि यश्विजले ग्याब्रीएलबारे घोषणा गरेको हो ।

रमेश कर्पोरेसनले हेर्दै आईरहेको ‘कर्णाली यश्विज’ बाट खेल्न लागेकी ग्याब्रीएल अमेरिकाको घरेलु लिगमा परिचित अनुहार हुन् । उनी अमेरिकाको राष्ट्रिय भलिबल खेलाडी हुन् । उनले राष्ट्रिय तहको थुप्रै खेलहरु खेलिसकेकी छिन् । खेलकुद विकास र महिला भलिबलको उत्थान गर्ने मुल उद्देश्यको साथ सुरु भएको ‘कर्णाली यश्विज’ टिममा आफु जोडिन पाउँदा खुसी लागेको बताएकी छिन ।

नेपाल जस्तो सुन्दर देशमा भलिबल खेल्न पाउँदा आफुलाई गर्वान्वित महशुस भएको बताइन् । ‘एभरेष्ट वुमन भलिबल लिग’ यहीँ असोज १४ देखि १९ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुँदैछ । लिगमा ६ टोलीको सहभागितामा हुनेछ ।

कर्णालीको टिमबाट सुमित्रा रेग्मी, मिना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, सृष्टि खड्का, गरिमा बोहोरा र पशुपति बोहरा एभरेस्ट वुमन्स भलिबल लिग खेल्ने छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ९ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली