११ चैत्र २०८१, मंगलबार । March 25, 2025

अफगानिस्तानले जित्यो दक्षिण अफ्रिका विरुद्धको एकदिवसीय सिरिज



एजेन्सी । अफगानिस्तानले पहिलो पटक दक्षिण अफ्रिका विरुद्धको एकदिवसीय सिरिज जितेको छ।

तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा अफगानिस्तानले १ सय ७७ रनको प्रभावसाली जित निकाल्यो। जितसँगै अफगानिस्तानले एक खेल अगावै सिरिज हात पारेको हो । सारजाहामा बलिङ र ब्याटिङ दुबैमा एकपक्षीय बनेको खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ११ रन बनाएको थियो।

उसका लागि रहमनुल्लाह गुर्वाजले १ सय ५ रनको शतकीय इनिङ खेल्दा अजमतुल्लाह ओमरजाइ ८६ रनमा अविजित रहे। त्यस्तै रहमत साहलले ५० रन बनाएका थिए। त्यस्तै रियज हसनले २९ रन बनाउँदा मोहम्मद नावीले १३ रन बनाए। ३ सय १२ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४ दशमलव २ ओभरमा १ सय ३४ रन जोड्दा अलआउट भयो। उसका लागि ओपनर तथा कप्तान टेम्बा बभुमाले ३८ रन र अर्का ओपनर टोन डे जोर्जीले ३१ रन बनाउनु सर्वाधिक रह्यो।

यी दुइले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेपनि पछिल्लो क्रमका ७ ब्याटरले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। थप दोहोरो स्कोरका रुमपा तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रिजा हेन्ड्रिक्सले १७ र एइडन माक्रमले २१ रन बनाएका थिए। दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका रासिद खानले १९ रन दिएर ५ विकेट लिए।

त्यस्तै ननग्याली खरोटीले २६ रन दिएर ४ विकेट लिएका थिए। थप एक विकेट अजमतुल्लाह ओमरजाइको नाममा रह्यो।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ७ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेयर बालेनलाई पक्राउ गर्न एमाले युवा संघको माग

काठमाडौं । नेकपा एमालेसँगको भ्रातृ संगठन युवा संघ नेपालले काठमाडौं

स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्षमा थापा नियुक्त

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको नयाँ अध्यक्षको रूपमा चन्द्रबहादुर थापा

ओलीको टिप्पणी: ‘कुलमान मुद्दामा तिललाई पहाड बनाउने काम हुँदैछ !’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी

सत्तारूढ दलहरूको बैठक बालुवाटारमा सुरु

काठमाडौं । बालुवाटारमा आज सत्तारूढ दलहरूको महत्वपूर्ण बैठक सुरु भएको

‘कता हिँडेको बिजुली मारेर’, ‘कुलमान फालेर’ !

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई