१ माघ २०८२, बुधबार । January 14, 2026

हेडको शतकीय पारीसँगै इङ्ल्याण्डमाथि अस्ट्रेलिया ७ विकेटले विजयी



एजेन्सी । अस्ट्रेलियाले इङ्ल्याण्डविरुद्धको जारी एकदिवसीय सिरिजमा विजयी सुरुवात गरेको छ ।

गएराति सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई ७ विकेटले पराजित गरेर सिरिजमा विजयी सुरुवात गरेको हो । इङल्याण्डले दिएको ३ सय १६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियाको जितमा ट्रभिस हेडले अविजित १ सय ५४ रन बनाएका थिए ।

हेडले १ सय २९ बल खेल्दै १ सय ५४ रन बनाएका थिए । त्यस्तै मार्नस लाबुस्चांगेले अविजित ७७ रन बनाएका थिए । यस अघि पहिला ब्याटिंग गरेको इङल्याण्डले ४९ दशमलव ४ ओभरमा अल आउट हुदै ३ सय १५ रन बनाएको थियो । इङल्याण्डका लागि बेन डकेटले सर्बाधिक ९५ रन बनाएका थिए भने विल ज्याकले ६२ रन बनाएका थिए । यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

अब सिरिजको दोस्रो खेल शनिबार खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ७ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले