९ चैत्र २०८२, सोमबार । March 24, 2026

विश्वकप लिग–२ः नेपाल ओमानसँग १ विकेटले पराजित


३ आश्विन २०८१, बिहिबार  

834
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल ओमानसँग पराजित भएको छ ।

क्यानडाको किङ्ग सिटीमा गएराति भएको खेलमा नेपाल ओमानसँग १ विकेटले हारेको हो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी छँदा ९ विकेट गुमाएर भेटायो । ओमानका जतिन्दर सिंहले सर्वाधिक ४१ रन बनाए । नेपालका गुल्सन झाले ५ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनायो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ६० रन बनाए । यस्तै गुल्सन झाले ५३, आरिफ शेखले ३५ रन बनाए । ओमानका कलिमुल्लाह, फयज बट र अकिब इलियासले समान २ विकेट लिए ।

जितपछि ओमान ५ खेलमा ५ अंकका साथ तालिकाको छैटौं स्थानमा नेपाल ६ खेलमा २ अंकका साथ सातौं स्थानमा छ । असोज १० गतेसम्म हुने शृङ्खलामा नेपाल, ओमान र क्यानडा सहभागी छन् । शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १ सय ३ रनले पराजित भएको थियो ।

क्यानडा ९ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स आठ खेलमा १२ अङ्कका साथ शीर्ष स्थानमा छ । यो शृङ्खलामा नेपालले अब असोज ६ गते क्यानडासँग र असोज ८ गते ओमान खेल्नेछ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ६ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali