१ माघ २०८२, बुधबार । January 14, 2026

विश्वकप लिग–२ः नेपाल ओमानसँग १ विकेटले पराजित



काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल ओमानसँग पराजित भएको छ ।

क्यानडाको किङ्ग सिटीमा गएराति भएको खेलमा नेपाल ओमानसँग १ विकेटले हारेको हो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी छँदा ९ विकेट गुमाएर भेटायो । ओमानका जतिन्दर सिंहले सर्वाधिक ४१ रन बनाए । नेपालका गुल्सन झाले ५ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनायो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ६० रन बनाए । यस्तै गुल्सन झाले ५३, आरिफ शेखले ३५ रन बनाए । ओमानका कलिमुल्लाह, फयज बट र अकिब इलियासले समान २ विकेट लिए ।

जितपछि ओमान ५ खेलमा ५ अंकका साथ तालिकाको छैटौं स्थानमा नेपाल ६ खेलमा २ अंकका साथ सातौं स्थानमा छ । असोज १० गतेसम्म हुने शृङ्खलामा नेपाल, ओमान र क्यानडा सहभागी छन् । शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १ सय ३ रनले पराजित भएको थियो ।

क्यानडा ९ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स आठ खेलमा १२ अङ्कका साथ शीर्ष स्थानमा छ । यो शृङ्खलामा नेपालले अब असोज ६ गते क्यानडासँग र असोज ८ गते ओमान खेल्नेछ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ६ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले