५ चैत्र २०८२, बिहिबार । March 20, 2026

च्याम्पियन्स लिगमा लिभरपुलले एसी मिलानलाई ३–१ गोलले हरायो


२ आश्विन २०८१, बुधबार  

60
Shares

एजेन्सी । च्याम्पियन्स लिगमा लिभरपुलले एसी मिलानमाथि ३–१ को गोलअन्तरले जीत हासिल गरेको छ ।

नटिङ्घम फरेस्टविरुद्धको अप्रत्याशित हारबाट लिभरपुलले सशक्त रूपमा पुनरागमन गरेको छ। खेलको सुरुवातमा एसी मिलानका विङ्गर क्रिश्चियन पुलिसिकले तीन मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, आर्ने स्लटको टोलीले प्रभुत्व देखाउँदै उत्कृष्ट प्रदर्शन गर्‍यो।

मोहम्मद सलाहले पोस्टमा प्रहार गरेपछि, २३ औं मिनेटमा इब्राहिमा कोनाटेले ट्रेन्ट अलेक्ज्यान्डर–अर्नोल्डको फ्रि–किकबाट हेडर गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए। सलाहले फेरि बारमा हिर्काए, त्यसपछि भर्जिल भान डाइकले कन्ष्टन्टिनोस त्सिमिकासको कर्नरमा नजिकैबाट हेडर गोल गर्दै पहिलो हाफ समाप्त हुनु अघि लिभरपुललाई अग्रता दिलाए।

खेलको ६७ औं मिनेटमा कोडी गाक्पोको उत्कृष्ट रनपछि डोमिनिक सोबोस्लाईले गोल गर्दै लिभरपुलको जीतलाई पक्का गरे। लिभरपुलले खेलको अन्त्यतिर समर साइनिङ फेडेरिको चिएसालाई मोहम्मद सलाहको स्थानमा प्रतिस्थापन गर्दै छोटो समयको लागि डेब्यु गराएको थियो।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ७ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा