२३ माघ २०८१, बुधबार । February 5, 2025

च्याम्पियन्स लिगमा लिभरपुलले एसी मिलानलाई ३–१ गोलले हरायो



एजेन्सी । च्याम्पियन्स लिगमा लिभरपुलले एसी मिलानमाथि ३–१ को गोलअन्तरले जीत हासिल गरेको छ ।

नटिङ्घम फरेस्टविरुद्धको अप्रत्याशित हारबाट लिभरपुलले सशक्त रूपमा पुनरागमन गरेको छ। खेलको सुरुवातमा एसी मिलानका विङ्गर क्रिश्चियन पुलिसिकले तीन मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, आर्ने स्लटको टोलीले प्रभुत्व देखाउँदै उत्कृष्ट प्रदर्शन गर्‍यो।

मोहम्मद सलाहले पोस्टमा प्रहार गरेपछि, २३ औं मिनेटमा इब्राहिमा कोनाटेले ट्रेन्ट अलेक्ज्यान्डर–अर्नोल्डको फ्रि–किकबाट हेडर गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए। सलाहले फेरि बारमा हिर्काए, त्यसपछि भर्जिल भान डाइकले कन्ष्टन्टिनोस त्सिमिकासको कर्नरमा नजिकैबाट हेडर गोल गर्दै पहिलो हाफ समाप्त हुनु अघि लिभरपुललाई अग्रता दिलाए।

खेलको ६७ औं मिनेटमा कोडी गाक्पोको उत्कृष्ट रनपछि डोमिनिक सोबोस्लाईले गोल गर्दै लिभरपुलको जीतलाई पक्का गरे। लिभरपुलले खेलको अन्त्यतिर समर साइनिङ फेडेरिको चिएसालाई मोहम्मद सलाहको स्थानमा प्रतिस्थापन गर्दै छोटो समयको लागि डेब्यु गराएको थियो।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ७ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महिला टी–२० सिरिजः नेपाल र नेदरल्यान्ड्स भिड्दै, पहिलो जितको खोजिमा नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

घट्यो अमेरिकी डलरको भाउ, अन्य मुद्रा कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर

आजको मौसमः बढ्यो काठमाडौंको तापक्रम, यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ

माघ २३ गते बुधबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २३ गते

नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको प्रमाणपत्र

काठमाडौं । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल