८ चैत्र २०८२, आइतबार । March 22, 2026

नाइजेरियामा बस दुर्घटनामा परी २५ बालबालिकाको मृत्यु


२ आश्विन २०८१, बुधबार  

72
Shares

एजेन्सी । पैगम्बर मोहम्मदको जन्मोत्सव मनाउने मुस्लिम श्रद्धालुहरू बोकेको एउटा बस उत्तरी नाइजेरियाको कडुना राज्यमा दुर्घटना हुँदा कम्तीमा २५ बालबालिकाको मृत्यु भएको एक अधिकारीले मंगलबार बताएका छन् ।

तर धार्मिक तीर्थयात्राका आयोजकहरूले ४० जनाको मृत्यु र ३१ जना घाइते भएको बताएका छन् । नाइजेरियाको सडक सुरक्षा एजेन्सी एफआरएससीका स्थानीय कार्यालय प्रमुख कबिरु नादाबोले आइतबार तिजानिया सुफी सम्प्रदायका युवा अनुयायीहरू बोकेको बसले नियन्त्रण गुमाउँदा लेरे जिल्लामा एउटा ट्रकसँग ठोक्किएको बताए ।

“बसमा ६३ जना बालबालिका थिए र चालकले लापरवाहीपूर्वक गाडी चलाइरहेका थिए, उनले नियन्त्रण गुमाउँदा बस ट्रकसँग ठोक्कियो”, उनले भने, “तीमध्ये १५ जनाको घटनास्थलमै मृत्यु भयो भने घाइते ४८ जनालाई विभिन्न अस्पताल लगियो, तीमध्ये १० जनाको भोलिपल्ट मृत्यु भयो ।” नादाबोका अनुसार बालबालिकाहरू क्वान्डार गाउँका थिए र पैगम्बर मोहम्मदको जन्मदिनमा हुने वार्षिक मौलुद उत्सवमा भाग लिन नजिकैको समिनाका सहर गइरहेका थिए ।

घाइतेहरूलाई विभिन्न अस्पतालमा लगिएकाले थप विवरण आउन नसकेको उनले बताए । तीर्थयात्राका आयोजकहरूमध्येका एक डिक्को दाहिरुले दुर्घटनामा ४० बालबालिकाको मृत्यु भएको र ३१ जना घाइते भएको बताए । “बसमा ७१ यात्री थिए र ३६ जनाको तत्काल मृत्यु भयो भने अन्य चार जनाको भोलिपल्ट मृत्यु भयो”, उनले भने, “गम्भीर घाइते भएका ३१ जनालाई अस्पताल लगिएको छ र तीमध्ये ११ जनाको अवस्था गम्भीर छ ।” नाइजेरियाका राष्ट्रपति बोला अहमद टिनुबुले पीडितका परिवार र घाइतेहरूप्रति समवेदना व्यक्त गर्दै ‘दिवङ्गतहरूको आत्माको शान्तिका लागि प्रार्थना’ गरे ।

मङ्गलबार विज्ञप्तिमा राष्ट्रपति टिनुबुले एफआरएससीलाई ‘राजमार्ग अनुगमनमा सुधार गर्न र मुलुकभर सडक दुर्घटनाहरूको सङ्ख्या कम गर्न’ निर्देशन दिए । नाइजेरियाको मर्मत गरिएका खराब सडकहरूमा तीव्र गति र ट्राफिक नियमहरूको बेवास्ताका कारण दुर्घटना हुने गर्छन् ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ६ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो