२१ मंसिर २०८२, शनिबार । December 6, 2025

नाइजेरियामा बस दुर्घटनामा परी २५ बालबालिकाको मृत्यु



एजेन्सी । पैगम्बर मोहम्मदको जन्मोत्सव मनाउने मुस्लिम श्रद्धालुहरू बोकेको एउटा बस उत्तरी नाइजेरियाको कडुना राज्यमा दुर्घटना हुँदा कम्तीमा २५ बालबालिकाको मृत्यु भएको एक अधिकारीले मंगलबार बताएका छन् ।

तर धार्मिक तीर्थयात्राका आयोजकहरूले ४० जनाको मृत्यु र ३१ जना घाइते भएको बताएका छन् । नाइजेरियाको सडक सुरक्षा एजेन्सी एफआरएससीका स्थानीय कार्यालय प्रमुख कबिरु नादाबोले आइतबार तिजानिया सुफी सम्प्रदायका युवा अनुयायीहरू बोकेको बसले नियन्त्रण गुमाउँदा लेरे जिल्लामा एउटा ट्रकसँग ठोक्किएको बताए ।

“बसमा ६३ जना बालबालिका थिए र चालकले लापरवाहीपूर्वक गाडी चलाइरहेका थिए, उनले नियन्त्रण गुमाउँदा बस ट्रकसँग ठोक्कियो”, उनले भने, “तीमध्ये १५ जनाको घटनास्थलमै मृत्यु भयो भने घाइते ४८ जनालाई विभिन्न अस्पताल लगियो, तीमध्ये १० जनाको भोलिपल्ट मृत्यु भयो ।” नादाबोका अनुसार बालबालिकाहरू क्वान्डार गाउँका थिए र पैगम्बर मोहम्मदको जन्मदिनमा हुने वार्षिक मौलुद उत्सवमा भाग लिन नजिकैको समिनाका सहर गइरहेका थिए ।

घाइतेहरूलाई विभिन्न अस्पतालमा लगिएकाले थप विवरण आउन नसकेको उनले बताए । तीर्थयात्राका आयोजकहरूमध्येका एक डिक्को दाहिरुले दुर्घटनामा ४० बालबालिकाको मृत्यु भएको र ३१ जना घाइते भएको बताए । “बसमा ७१ यात्री थिए र ३६ जनाको तत्काल मृत्यु भयो भने अन्य चार जनाको भोलिपल्ट मृत्यु भयो”, उनले भने, “गम्भीर घाइते भएका ३१ जनालाई अस्पताल लगिएको छ र तीमध्ये ११ जनाको अवस्था गम्भीर छ ।” नाइजेरियाका राष्ट्रपति बोला अहमद टिनुबुले पीडितका परिवार र घाइतेहरूप्रति समवेदना व्यक्त गर्दै ‘दिवङ्गतहरूको आत्माको शान्तिका लागि प्रार्थना’ गरे ।

मङ्गलबार विज्ञप्तिमा राष्ट्रपति टिनुबुले एफआरएससीलाई ‘राजमार्ग अनुगमनमा सुधार गर्न र मुलुकभर सडक दुर्घटनाहरूको सङ्ख्या कम गर्न’ निर्देशन दिए । नाइजेरियाको मर्मत गरिएका खराब सडकहरूमा तीव्र गति र ट्राफिक नियमहरूको बेवास्ताका कारण दुर्घटना हुने गर्छन् ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ६ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको