२५ मंसिर २०८२, बुधबार । December 10, 2025

विश्वकप लिग २ः नेपाल आज ओमानविरुद्ध खेल्दै



काठमाडौं । विश्वकप लिग २ अन्तर्गत क्यानडासँग भएको पहिलो खेलमा १ सय ३ रनले पराजित भएको नेपालले आज (बुधबार) ओमानसँग खेल्दै छ ।

क्यानडाको किंग्स मैदानमा नेपालले आफूभन्दा एक स्थानमाथि रहेको ओमानविरुद्ध गतिलो प्रदर्शन गर्ने योजना बनाएको छ । लिगमा नेपालले पाँच खेलमा चार हारको सामना गरेको छ । ओमानले चार खेलमा एक जित निकाली तीन अंक जोडेको छ । तथ्यांकअनुसार नेपाल र ओमानबीच अहिलेसम्म सात एकदिवसीय खेल भएका छन् । जसमा ओमानले चार र नेपालले तीन जित निकालेका छन् । नेपालले अन्तिमपटक ओमानविरुद्ध २१ अप्रिल २०२३ मा प्रतिस्पर्धा गरेको थियो ।

सो खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो । त्रिवि क्रिकेटमा भएको खेलमा नेपालका लागि कुशल मल्लले एक सय आठ रनको शतकीय इनिङ्स खेलेका थिए । उनले केवल ६४ बलमा १० छक्का र नौ चौका प्रहार गरे । ओमानविरुद्ध सोमपाल कामीले ४८ बलमा ६३ रन बनाए । नेपालले ओमानविरुद्ध पहिलोपटक तीन सय रनको योगफल कटाएको थियो । विश्वकप लिग २ मा ब्याटिङ र बलिङमा कमजोर प्रदर्शन गरिरहेको नेपालले बुधबार ओमानविरुद्ध सुधारिएको प्रदर्शन गर्नुपर्नेछ ।

नेपालका शीर्ष तथा मध्यक्रमका ब्याट्सम्यान चल्न सकेका छैनन् । बलिङमा पनि मुख्य बलरले चाहिएको समयमा विकेट निकाल्न नसक्नु प्रमुख कमजोरी बनेको छ । क्यानडासँगको खेलमा नेपाल यी दुई पक्षमा चुकेको थियो । अझ डेथ ओभरमा नेपाली बलर निकै कमजोर देखिए । ओमानले प्रतियोगिताका लागि राम्रो तयारी गरेको छ । ओमानले चालू सिरिजका लागि ब्याटिङमा मिहिनेत गरेको छ । ओमानले क्यानडाको पिचअनुसार स्पिन पक्षमा विशेष ध्यान दिएको छ ।

ओमानको शीर्ष तथा मध्यक्रम ब्याटिङ बलिङ मानिन्छ । नेपालका सिमरहरूले उनीहरूका भरपर्दा ब्याट्सम्यानलाई क्रिजबाट हटाउने प्रयास गर्नेुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले